२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ र अमेरिकी विदेशमन्त्री बिच फोनवार्ता

२५ माघ २०७७, आईतवार ०६:४३

माघ २५, काठमाडौँ । चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो । 

सो फोनका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा विभिन्न कुराकानी भएको बताइएको छ । यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बताउनुभएको थियो । 

चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ विदेशमन्त्री जियचीले जानकारी दिनुभयो ।उहाँले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एकनासको र आपसी सम्मानका आधारमा कायम गर्न चाहेको भन्दै आगामी दिनमा पनि यस्तै एकनासको सम्बन्धका पक्षमा चीन रहेको जानकारी पनि उहाँले दिनुभएको थियो । 

चीनले अमेरिकालाई उसले विगतका गल्तीहरु सच्याओस र आगामी दिनमा पनि विना कुनै तनाव असल र सुमधुर सम्बन्धको विकास गरोस् भन्ने चाहेको पनि आफूले सो वार्ताका क्रममा अमेरिकासँग आग्रह गरेको पनि चिनियाँ विदेशमन्त्री जियचीले बताउनुभएको समाचारमा जनाइएको छ । 

चीनले अमेरिकालाई आफ्ना दुई देशका बीचको हित र आवश्यकताको महत्वका साथै आ–आफ्नो राजनीतिक प्रणालीको छनोटको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको पनि त्यस अवसरमा उहाँले बताउनुभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यस वार्ताका क्रममा उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले पनि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध यी दुई दशेका लागि मात्र होइन कि विश्वका अरु पनि कैयौँ देश एवं विश्वका लागि नै महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो । 

उहाँले अमेरिका चीनसँग स्थायी र रचनात्मक रुपमा सम्बन्ध राख्न चाहेको  र आगामी दिनहरुमा पनि अमेरिकाले चीनसँग कैयौँ मुद्दामा सँगै मिलेर अघि बढ्ने पनि बताउनुभएको पनि सो समाचारमा उल्लेख गरिएको छ ।सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ