२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा कोरोनाबिरुद्धको खोप लगाएकालाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

२०७७, २५ माघ आईतवार ०७:५४

माघ २५, क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।

सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्ने तयारीमा रहेका धेरै देशलाई यस प्रमाणपत्रलाई मान्यता दिनेतर्फ सरकारले तयारी पनि थालेको छ । सरकारी सेवा सम्बन्धी मन्त्री स्टुआर्ट रोबर्टले प्रमाणपत्र प्रणाली निर्माण गर्न अस्ट्रेलिया सरकारले विशेष सुरक्षा प्रणाली प्रयोग गरेको जानकारी दिनुभयो । उहाँले अस्ट्रेलियामा भइरहेका अन्य खोप अभियान समेत कोभिड–१९ को खोपलाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गरिएको बताउनुभयो ।

अस्ट्रेलिया सरकारले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप दिन थाल्ने र अक्टोबरसम्ममा सम्पूर्ण जनसंख्यालाई खोप लगाइसक्ने योजना बनाएको छ । 

सीमामा आउजाउमा अति कडाई र कडा लकडाउन गरेको अस्ट्रेलियामा हालसम्म करिब २९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९०९ जनाको मृत्यु भएको थियो ।सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह