२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फुट्यो उत्तराखण्डको चमोलीमा हिमनदी,१५० बेपत्ता(भिडियो सहित)

२५ माघ २०७७, आईतवार ०९:३२

माघ २५, काठमाडौँ । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुटेको छ । भारतीय संचारमाध्यमका अनुसार आइतबार चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको छ । उक्त बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा समेत असर गरेको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको छ ।  

ऋषिगंगा पावर प्रोजेक्टमा काम गरिरहेका १ सय ५० जना भन्दा बढीलाई बाढीले असर गरेको स्टेट डिजास्टर रेस्पोन्स फोर्सका डिआइजी रिधिम अग्रवालले बताए । राइनी गाउँ नजिकै हिमपहिरो गएपछि धौलीगंगा नदीमा पानीको सतह बढेको बताइएको छ । 

धिकारीहरूले हरिद्वारसम्मको जिल्लाका मानिसहरूलाई सचेत गराएको छ । बाढी पसेको त्यस गाउँको नदी छेउका घरहरू बगाएको र केहीले ज्यानसमेत गुमाएको हुनसक्ने आशंका गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री टिएस रावतले जिल्ला प्रशासन, प्रहरी र प्रकोप व्यवस्थापनलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ