२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीमा ९ हजार बढिले लगाए कोभिसिल्ड खोप,लक्ष्य भन्दा कम

२०७७, २६ माघ सोमबार १०:४७

दान बहादुर बुढा । माघ २६ मुगु । कर्णाली प्रदेशमा हाल ९ हजार ४ सय २० जना लाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको छ । साढे ११ हजार जनामा लगाउने लक्ष्य अनुसार खोप ल्याइएपनि जम्मा  ९ हजार ४ सय २० जनलाई मात्र खोप लगाइएको  पाईएको हो । पहिलो चरणको कोरोना विरुद्धको खोप लक्ष्य अनुसार लगाउन नसकिएको जनाईएको छ  ।  

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीहरू , एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई दिइएको छ । 

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले दिएको जानकारी अनुसार  सबैभन्दा बढी सुर्खेतमा र सबैभन्दा कम डोल्पामा खोप लगाइएको छ । सुर्खेतका २ हजार ३ सय ४० जनाले खोप लगाएका छन् । दैलेखका १ हजार ४ सय ८३, जुम्लाका १ हजार ४०, सल्यानका १ हजार २, रुकुम पश्चिमका ८ सय ५० , कालिकोटका ८ सय , जाजरकोटका ६ सय ७३ , हुम्लाका ४ सय ८५, मुगुका ४ सय १७ र डोल्पाका ३ सय ३० जनाले खोप लगाएको उनले जानकारी दिए । 

कोभिशिल्ड लगाएका मध्ये १ जनामा गम्भीर खालको समस्या देखिएको थियो । यस्तै  ३२ जनामा समान्य स्वास्थ्यमा समस्या देखिएको थियो । हाल भने सबैको अवस्थामा सामान्य रहेको डा. खड्काले बताए । 

पहिलो चरणमा तोकिएका सम्पूर्ण मानिसहरूलाई खोप लगाउने तयारी गरे पनि केही महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरू छुटेको  बताइएको  छ । साथै खड्काले  दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह