२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब साउदीमा महिला पनि सेनामा भर्ती हुन पाउने

२०७७, १० फाल्गुन सोमबार ०६:०६

फागुन १०, काठमाडौँ । अब साउदी अरबका महिलाहरू पनि सेनामा भर्ना हुन् पाउने भएका छन् । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती  खोल्ने बताएको हो ।

साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने त्यँहाको रक्षा मन्त्रालयले जनाएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० इनिसियटिभ अन्तर्गत महिलाहरूलाई सेनामा भर्ती गर्न लागिएको हो । यसरी उनीहरु सिपाहीदेखि सर्जेन्टसम्म पदमा  भर्ती हुनसक्ने छन्। सेनामा भर्ती हुन महिलाहरू २१ देखि ४० वर्ष उमेर, १५५ सेन्टिमिटर उचाइ,कुनै सरकारी जागिर नखाएको हुनुपर्ने छ । 

यस्तै भर्ती हुन हाइस्कुल उत्तीर्ण गरेकी र विदेशीसँग विवाह नगरेकी हुनुपर्ने जनाइएको छ । यसअघि सन् २०१८ मा साउदीले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह