३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कोरोना बिरुद्धको खोप अभियान सुरु,अफवाह फैलाए कारबाही गरिने चेतावनी

१३ फाल्गुन २०७७, बिहीबार ०६:१५

फागुन १३, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभारिस बिरुद्धको खोप अभियान मलेसियाले पनि सुरु गरेको छ । प्रधानमन्त्री हियाद्दिन यासिनले फाइजर तथा बायोएनटेकले उत्पादन गरेको खोप लगाए उक्त अभियान सुरु गरेका हुन् । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनले कोरोना विरुद्दको खोप अन्य सामान्य ईन्जेक्सन जस्तै भएको र यसले कुनै दुखाई अनुभव नभएको बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मुहियाद्दिनले सबैलाई खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरे । 

यसअघि मलेसियाले फेब्रुअरी २६ देखि खोप अभियान सञ्चालन हुने बताए पनि एक दिन अगावै अभियान सुरु गरेको हो । मलेसियामा कोरोना विरुद्दको खोप निःशुल्क रुपमा विदेशी श्रमिकलाई दिइनु पर्ने विषयमा विवाद छ । विदेशी श्रमिकलाई पनि प्राथमिकताका साथ खोप दिइने समाचार सार्वजनिक भइरहेका बेला पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशीलाई खोप दिनुपर्ने माग सुरु भएको हो । 

यसको नेतृत्व श्रमिकको संगठनले नै गरेको छ । मलेसियन ट्रेड यूनियन कंग्रेस (एमटीयूसी) ले सरकारले पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशी श्रमिकलाई खोप लगाउन सुरु गर्नुपर्ने माग राखेको हो 

मलेसियाली सरकारले आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने मलेसियाका सरकारी अधिकारीले बताएका छन् । 

स्थानीय संचारमाध्यमका अनुसार यसरी दिइने खोप निःशुल्क रुपमा उपलव्ध हुने र अवैधानिक रुपमा बस्दै आएकाहरुले पनि सो सुविधा प्राप्त गर्ने छन् । मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलव्ध हुने र त्यसबाट त्यहाँ कार्यरत विदेशी श्रमिकलाई पनि खोप पुग्ने बताएको छ । 

खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्याय हुने रोजगारदाताहरुको संगठनले बताएको छ । विदेशी श्रमिकलाई खोप नदिइएमा यसले मलेसियालाई कोरोना संक्रमणविहिन बनाउने अभियानमा धक्का यस्तै कोरोना विरुद्दको खोपका बारेमा गलत हल्ला फैलाउनेलाई कडा सजाय हुने मलेसियाली अधिकारीले बताएका छन् । मलेसियाली प्रहरी उपप्रमुखले त्यसरी हल्ला फैलाउनेलाई कानुनको कडा प्रावधान अन्तर्गत कारवाही हुने भन्दै यसमा समयमै सहज रहन भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ