2026-06-28 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कोरोना बिरुद्धको खोप अभियान सुरु,अफवाह फैलाए कारबाही गरिने चेतावनी

2021-02-25

फागुन १३, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभारिस बिरुद्धको खोप अभियान मलेसियाले पनि सुरु गरेको छ । प्रधानमन्त्री हियाद्दिन यासिनले फाइजर तथा बायोएनटेकले उत्पादन गरेको खोप लगाए उक्त अभियान सुरु गरेका हुन् । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनले कोरोना विरुद्दको खोप अन्य सामान्य ईन्जेक्सन जस्तै भएको र यसले कुनै दुखाई अनुभव नभएको बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मुहियाद्दिनले सबैलाई खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरे । 

यसअघि मलेसियाले फेब्रुअरी २६ देखि खोप अभियान सञ्चालन हुने बताए पनि एक दिन अगावै अभियान सुरु गरेको हो । मलेसियामा कोरोना विरुद्दको खोप निःशुल्क रुपमा विदेशी श्रमिकलाई दिइनु पर्ने विषयमा विवाद छ । विदेशी श्रमिकलाई पनि प्राथमिकताका साथ खोप दिइने समाचार सार्वजनिक भइरहेका बेला पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशीलाई खोप दिनुपर्ने माग सुरु भएको हो । 

यसको नेतृत्व श्रमिकको संगठनले नै गरेको छ । मलेसियन ट्रेड यूनियन कंग्रेस (एमटीयूसी) ले सरकारले पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशी श्रमिकलाई खोप लगाउन सुरु गर्नुपर्ने माग राखेको हो 

मलेसियाली सरकारले आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने मलेसियाका सरकारी अधिकारीले बताएका छन् । 

स्थानीय संचारमाध्यमका अनुसार यसरी दिइने खोप निःशुल्क रुपमा उपलव्ध हुने र अवैधानिक रुपमा बस्दै आएकाहरुले पनि सो सुविधा प्राप्त गर्ने छन् । मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलव्ध हुने र त्यसबाट त्यहाँ कार्यरत विदेशी श्रमिकलाई पनि खोप पुग्ने बताएको छ । 

खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्याय हुने रोजगारदाताहरुको संगठनले बताएको छ । विदेशी श्रमिकलाई खोप नदिइएमा यसले मलेसियालाई कोरोना संक्रमणविहिन बनाउने अभियानमा धक्का यस्तै कोरोना विरुद्दको खोपका बारेमा गलत हल्ला फैलाउनेलाई कडा सजाय हुने मलेसियाली अधिकारीले बताएका छन् । मलेसियाली प्रहरी उपप्रमुखले त्यसरी हल्ला फैलाउनेलाई कानुनको कडा प्रावधान अन्तर्गत कारवाही हुने भन्दै यसमा समयमै सहज रहन भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी