2026-06-27 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियामा कोरोनाका कारण ५० हजार जनाभन्दा बढीको मृत्यु

2021-02-26

फागुन १४, क्यालिफोर्निया । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । 

यहाँका अधिकारीहरुका अनुसार यो संख्या कोभिड महामारीबाट अमेरिकामा भएको निधनको दश भागको एक भाग रहेको छ । अमेरिकामा पछिल्लो समयमा कोभिड १९ को महामारी केही कमी भएका पनि यो सङ्क्रमणको खतरा भने टरेका छैन । तर क्यालिफोर्नियामा भने यो महामारीको प्रकोप झन् बढ्दो अवस्थामा रहेको पनि बताइएको छ । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार ११४ जना नागरिकको ज्यान गएको बताइएको छ । 

त्यसैगरी यहाँका करिब ३४ लाख नागरिकमा यो सङ्क्रमणको प्रकोप रहेको पनि बताइएको छ । बताइएअनुसार अमेरिकामा पछिल्लो तथ्यांकमा जनाइएअनुसार यहाँका कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको बताइएको छ ।अमेरिकी राज्यहरुमा कोभिडका कारण ज्यान जाने राज्यमा क्यालिफोर्नियामा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको पनि सो तथ्यमा जनाइएको छ । यहाँ गएको दश महिना यता २५ हजार जनाको ज्यान गएको थियो भने पछिल्ला दुई महिनामा यसको दोब्बर मानिसको ज्यान गएको छ । 

यसरी गएको दुई महिना यता नै क्यालिफोर्नियाका नागरिकका लागि सबैभन्दा कष्टकर अवस्था रहेको पनि अमेरिकी सरकारले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी