३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना बिरुद्ध एक पटक लगाए पुग्ने जोन्सनको खोपलाई अमेरिकाले दियो प्रयोग अनुमति

१६ फाल्गुन २०७७, आईतवार १०:१०

फागुन १७, वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।  

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । 

राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ । 

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ । यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ । 

यो प्रस्तावलाई अब सिनेटले पारित गर्नु पर्नेछ । अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ । अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्यान गइसकेको छ । शनिबार पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्यान गएको थियो । यसैबीच, युरोपेली मुलुकहरुमा कडा लकडाउन गरिएका छन् । फ्रान्समा अझ कडा लकडाउन गरिएको छ । 

बेलायतमा यसै महिनाको शुरुमा १०० वर्षीय पूर्व योद्धा टम मूरको कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको छ । उहाँले गत वर्ष कोभिड–१९ का कारण स्वास्थ्य संस्थाका लागि चार करोड ५० लाख अमेरिकी डलर चन्दा संकलन गरेर रेकर्ड बनाउनु भएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ