२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कुखुराको भालेले लियो मालिकको ज्यान

२०७७, १६ फाल्गुन आईतवार १२:२५

फागुन १७, एजेन्सी । भारतमको तेलङ्गाना राज्यमा एक कुखुराको भालेका कारण मालिकको मृत्यु भएको छ । कुखुराको भालेको जुधाइ (खेल) को क्रममा मालिकको ज्यान गएको हो । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कु बाँधिएको थियो ।

उक्त भालेको पन्जामा बाँधेको चक्कु लागेर गम्भीर घाइते भएका मालिकलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चक्कु मालिकलाई लागेको थियो । 

उक्त् घटनापछि प्रहरीले भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको जनाइएको छ । उक्त खेल तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो । भाग्न लागेको कुखुराको भालेलाई मालिकले समात्ने कोसिस गर्दा पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चक्कु लाग्दा उनी घाइते भएका थिए ।

बीबीसीका अनुसार ती मालिकको मृत्यु भएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह