२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा २४ घण्टाभित्र हिंसामा ९० जना मारिए

२०७७, २१ फाल्गुन शुक्रबार ०७:२७

फागुन २१, काबुल । अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् । 

शुक्रबार दिइएको जानकारी अनुसार यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ती व्यक्तिको निधन भएको बताइएको हो । यहाँको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले शुक्रबार बिहान सो जानकारी दिएको छ । 

रिभले भनेको छ, “गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।” 

साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान मारिएका पनि बताइएको छ । सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबान मारिएका हुन् । 

अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् । गएको २४ घण्टा यतामात्र अफगानिस्तानका विभिन्न पाँच प्रान्तका आठ स्थानमा हिंसात्मक आक्रमणहरु भएका थिए । 

अफगानिस्तानका ३४ प्रान्तमध्ये यहाँका पाँच प्रान्तमा गएको २४ घन्टामात्र यता हिंसात्मक हमलाहरु भएका थिए ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ