2026-06-27 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कोभिडको संक्रमण केही घटे

2021-03-05

फागुन २१, सोल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् । 

प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ । 

कोरियामा पछिल्लो साता हरेक दिन संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ । तर यो संख्या ३०० देखि ४०० सम्म रहेको पनि बताइएको छ । गएको २४ घन्टामा यहाँ ३८८ जना संक्रमित थपिएका हुन् । 

उनीहरूमध्ये केही विदेशबाट आएका व्यक्ति हुन् । यसैगरी यहाँ पछिल्लो २४ घन्टामा आठ जना व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार छ सय २७ जना पुगेको छ । 

दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको भन्दै शुरुका दिनहरुमा यहाँ यो भाइरसको संक्रमण बढेको थिएन । पछिल्ला हप्ताहरुयमा यहाँ यो भाइरसको संक्रमण बढेको भए पनि पछिल्ला केही दिनमा भने कम भएको देखिएको छ । 

दक्षिण कोरियाका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.७८ प्रतिशतको ज्यान गएको बताइएको छ । यहाँको सरकारले करिब ७० लाख नागरिकमा कोभिड संक्रमणको परीक्षण (पिसिआर) गराएको जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी