३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अलिबाबामाथि एक अर्ब डलर जरिवाना

२८ फाल्गुन २०७७, शुक्रबार ०७:१९

फागुन २८, बेइजिङ । चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । 

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पु¥याएको आरोप लागेको थियो । 

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरुले यसबारेमा केही बताउन चाहेनन् । 

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ । 

तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका छन् । 

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी “एन्ट ग्रुप”ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए । 

त्यसको एक महिनापछि अधिकारीहरुले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान शुरु गरे । त्यही समय स्वयं ज्याक मा मध्य जनवरीसम्म सार्वजनिक रुपमा कतै देखा पर्नु भएन । 

चीनको पूर्वी शहर हान्झाउमा रहेको अलिबाबा कम्पनीले गत महिना राज्य प्रशासनका अधिकारीहरुलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो । 

जर्नलका अनुसार अनुसन्धान अधिकारीहरुले अलिबाबाले आर्जन गरेको सम्पत्ति अन्य असम्बन्धित क्षेत्रमा प्रवाह गरिरहेको छ छैन भन्ने खोजी गरिरहेका छन् । अलिबाबाका प्रवक्ताले उक्त घटनाका बारेमा पनि केही बताउन चाहेनन् ।

अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरुलाई अन्य प्रतिस्पर्धी ई–कमर्श कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ