२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई यात्रा प्रतिबन्ध खुलाउन अस्ट्रेलिया र सिंगापुरबिच वार्ता

२०७७, १ चैत्र आईतवार ०८:५६

चैत १, सिड्नी । अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिंगापुरसँग हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ । कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान र यात्रामाथि कडाई गरेको छ । 

अस्ट्रेलियाली अधिकारीहरुले पर्यटन र यात्रामा सहजीकरण गर्न सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर–अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ । 

अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँल एबिसी टेलिभिजनसँग कुरा गर्दै कोरोनाभाइरसको खोप लगाउन शुरु भएको अवस्थामा अस्ट्रेलियाले अन्य मुलुकसँगको यात्रा पनि खुला हुँदै जाने बताउनुभयो । 

अस्ट्रेलियाली अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार यो सम्झौता बमोजिम खोप लगाएका सिंगापुरे र अस्ट्रेलियाली नागरिकलाई एकअर्का देशमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गर्न लागिएको छ । 

उक्त अखबारले तेस्रो मुलुकका व्यक्तिहरु जस्तै अन्तर्राष्ट्रिय विद्यार्थी, व्यावसायिक यात्रु र स्वदेश फर्कन चाहने नागरिकले अस्ट्रेलियाका लागि उड्नु अघि सिंगापुरमा दुई साताको क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान समेटिएको जनाएको छ । 

तर अस्ट्रेलिया समेतका कतिपय मुलुकका लागि सीमा खोलिसकेको सिंगापुरले आफूले क्वारेन्टिन केन्द्र वा खोप केन्द्रको अवधारणाका विषयमा छलफल नगरेको स्पष्ट गरेको छ । सिंगापुरको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सिंगापुरले खोप प्रमाणपत्रलाई दुबै देशले मान्यता दिने बारेमा जोड दिएको जनाएको छ । विज्ञप्तिमा विद्यार्थी र व्यावसायिक यात्रुलाई उच्च प्राथमिकता दिन पनि अस्ट्रेलिया समक्ष सिंगापुरले आग्रह गरेको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “हामीले बिना क्वारेन्टिन सिंगापुर र अस्ट्रेलियाका नागरिकलाई एकअर्का मुलुकको भ्रमण खुला गर्ने बारेमा छलफल गरेका छौं ।”

अस्ट्रेलियामा १४ दिने अनिवार्य क्वारेन्टिनका कारण दशौं हजार अस्ट्रेलियाली नागरिक विदेशमै अलपत्र परेका छन् । पर्यटन क्षेत्रबाट अस्ट्रेलियाले वार्षिक करिब ३५ अर्ब डलर आर्जन गर्ने गरेको छ, तर एक वर्षदेखि हवाई उडान रोकिएपछि यो क्षेत्र ठूलो सङ्कटमा छ । 

अस्ट्रेलियाले न्यूजील्यान्डसँग एकतर्फी हवाई उडान शुरु गरेको छ जहाँ न्यूजील्यान्डका नागरिकले बिना क्वारेन्टिन अस्ट्रेलियाको भ्रमण गर्न पाउँछन् । तर भाइरस देखिनासाथ यो व्यवस्था पटकपटक स्थगित हुँदै खुल्दै गर्ने गरेको छ ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ