२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति प्रतिकार गर्ने किमको चेतावनी

२०७७, ३ चैत्र मंगलवार ०७:५१

चैत ३, प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ । 

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताउनु भएको छ । 

उहाँले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भन्नु भएको छ ।उहाँले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरु आक्रामक रणनीति बनाए आफूहरु उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिनुभयो । 

उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कायहरु गर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर र दक्षिण कोरियाली जनताको शान्तिको चाहनालाई बेवास्ता नगर्न पनि अमेरिकी प्रशासनलाई आग्रह गर्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित