२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

२०७७, ६ चैत्र शुक्रबार १०:५४

चैत ६, पेरिस । फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो ।

उता संयुक्तराज्य अमेरिकामा तोकिएको मिति अगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गरेका छन् ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।  युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाई सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान शुरु गर्ने बताएका छन् । 

फ्रान्समा कोभिड–१९ को संक्रमण फैलिएसँगै शनिबार रातिदेखि एक महिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।  पेरिसमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपी, विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्विडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेका हुन् ।

अस्ट्राजेनिकालाई हाल कोभाक्समा समावेश गरिएको छ । कोभिड विरुद्धको खोपलाई विश्वका विभिन्न मुलुकमा समान रुपमा वितरण गर्न कोभाक्सले मद्दत गरिरहेको छ । उता, फिलिपिन्सका औषधि नियामक निकायले रुसले विकास गरेको स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । फिलिपिन्सले ५० लाखदेखि एक करोड डोज खोप लिने योजना बनाएको छ । 

संयुक्तराज्य अमेरिकाले आफ्ना छिमेकी मुलुकहरु मेक्सिको र क्यानडालाई मद्दत गर्न लाखौं डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउने तयारी गरेको अमेरिकी प्रशासनले जनाएको छ ।  ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले २५ लाख डोज मेक्सिको र १५ लाख डोज क्यानडालाई उपलब्ध गराउन लागेको पुष्टी गरिन् । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित