४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन् : सर्वेक्षण

८ चैत्र २०७७, आईतवार ०९:५०

चैत ८, बेइजिङ । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् ।  

आइतबार पर्ने २१औँ विश्व सुताई दिवस (वल्र्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् । सर्वेक्षण्मा दुई हजार दुई जना सहभागी भएका थिए । उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए । सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताई मानिने ८ घण्टा सुत्ने गरेको जवाफ दिएका थिए ।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहिँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ ।”

सुत्नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्ने हुले बताउनुभयो । उहाँजस्तै झण्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने गरेको जवाफ दिएका थिए । सुताइको गुणस्तर र सन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा झण्डै आधा युवाले सन्तोषजनक रहेको उत्तर दिएका थिए । 

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रा सहित सपना देख्ने गरेको, ४५.४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको र ३३.१ प्रतिशत बिहान चाँडै व्युझिने गरेको बताएका थिए । यिनीहरु नै सुताई सम्बन्धी उनीहरुका मुख्य समस्या पाइएको थियो । 

गुणस्तरीय सुताई नहुुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणबाट देखिएको थियो । राम्रोसँग नसुत्नेहरुबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरुको काममा समेत असर पर्ने गरेको पाइएको सर्वेक्षणकर्ताहरुले बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ