३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी,कतार, युएई र मलेशियामा कोरोना संक्रमणको अवस्था यस्तो

११ चैत्र २०७७, बुधबार ०७:४२

चैत ११, काठमाडौँ । विश्वमहामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको खोप प्रयोगमा आएपनि संक्रमणको जोखिम भने कायमै रहेको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले गत वर्ष आजकै दिन देखि लकडाउन सुरु गरेको थियो ।

पछिल्लो समयकोरोनाको संक्रमण छिमेकि मुलुक भारत लगायतका देशहरुमा देखिन थालेपछि स्वास्थ्य सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । नेपाली श्रमिक कार्यरत विदेशी मुलुकहरुमा पनि कोभिड संक्रमण बढ्न थालेको छ । 

साउदी अरेवियामा पछिल्लो दुई दिनमा लगातार दैनिक चार सय भन्दा बढी कोभिड १९ का संक्रमित देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलवार त्यहाँ ४ सय १० जनामा संक्रमण देखिएको हो । 

साउदी अरेवियामा ३ लाख ८५ हजार ८ सय ३४ जनामा हाल सम्म कोरोना संक्रमण देखिएको त्यँहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलवार मात्र साउदी अरेवियामा पाँचजनाको कोभिडका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण साउदी अरेवियामा मृत्यु हुनेहरुको संख्या ६ हजार ६ सय १८ पुगेको छ । यस्तै नेपाली श्रमिकका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा मंगलवार २ हजार १ सय ७२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । हालसम्म युएईमा ४ लाख ४४ हजार ३ सय ९८ जनामा कोभिडको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

युएईमा १ हजार ४ सय ५१ जनाको सो संक्रमणका कारण मृत्यु भएको छ । १५ हजार भन्दा बढी सकृय संक्रमित रहेको सो मन्त्रालयको भनाई छ । कतारमा पनि ५ सय ३४ जनामा मंगलबार कोरोना संक्रमण देखिएको छ  ।

कतारमा हालसम्म १ लाख ७४ हजार ७ सय ६२ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ लाख ६१ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । कतारमा हालसम्म २ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै मलेशियामा हालसम्म ३ लाख ३५ हजार ५ सय ४० जनामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुले बताएका छन् । त्यसमध्ये १ हजार २ सय ४४ जनाको मृत्यु भएको छ भनें ३ लाख १९ हजार ८ सय ४२ जना संक्रमण मुक्त भएका छन् । 

मंगलवार मात्र मलेशियामा १ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ