३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकै दिनमा ६३ हजार कोरोना सङ्क्रमित

१५ चैत्र २०७७, आईतवार १०:१९

चैत १५, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । 

सङ्क्रमित हुनेहरुकोभन्दा सङ्क्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा समेत दिन प्रतिदिन बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३१२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड १९ लाख ७१ हजार ६३४ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी कुल एक करोड १३ लाख २३ हजार ७६२ जना सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्क छ । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८६ हजार ३१० रहेको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाभाइरसबाट अहिलेसम्म ५४ हजार ७३ जनाको मृत्यु भएको छ । भारतमा यही मार्च २७ सम्म कुल २४ करोड नौ लाख ५० हजार ८४२ जनाको कोरोना परीक्षण गरिएको छ भने कुल छ करोड दुई लाख ६९ हजार ७८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।एएनआई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ