२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोभिड १९ बाट एकै दिन तीन हजारभन्दा बढीको मृत्यु

२०७७, १५ चैत्र आईतवार ११:३९

चैत १५, रियो दी जेनेरियो । ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ । 

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।  यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ । योसँगै पछिल्लो समयमा ब्राजिलमा कोभिड १९ को सङ्क्रमण डरलाग्दो गरी बढेको पाइएको पनि सो मन्त्रालयले जनाएको हो । गएको शुक्रबार ३ हजार ६५० जनाको यो सङ्क्रमणबाट ज्यान गएको थियो । यो संख्या ब्राजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबेभन्दा बढी हो । 

त्यसको दोस्रो दिन अर्थात् हिजो शनिबार पनि ठूलो संख्यामा यहाँका नागरिकको यो महामारीबाट ज्यान गएको बताइएको छ । ब्राजिल कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको छ । यहाँ अहिलेसम्म ३ लाख १० हजार ५५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यस्तै शनिबार एकै दिनमा ब्राजिलमा थप करिब ८६ हजार नागरिक कोरोना भाइरस सङ्क्रमित देखिएका छन् ।

योसँगै अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २४ लाख ९० हजार नाघेको पनि बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित