२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

२०७७, १६ चैत्र सोमबार ०७:२६

चैत १६, काठमाडौँ । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ । पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । 

जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ । पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत यहाँको सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।

उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ । यो प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको जनाइएको छ ।

यो नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । सरकारले धार्मिक र सांस्कृतिक जस्तो विवाह आदिका कार्यहरुमा पनि जमघट हुन नपाइने जनाएको छ । यस्तो प्रतिबन्ध घरबाहिर सार्वजनिक रुपमा मात्र नभएर घरभित्रै पनि ठूलो संख्यामा मानिसहरु जम्मा हुन नपाइने जनाइएको छ । 

देशमा कोभिडका संक्रमितहरु बढ्दै गएकोले सबै नागरिक सजग हुनुपर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि आइतबार सबै देशबासीहरुलाई राष्ट्रिय टेलिभिजनमार्फत् अपिल गर्नुभएको थियो । उहाँले देशमा कोरोना भाइरसको तेस्रो वेभको प्रकोप बढ्दै गएकोले यसबाट बच्न सबै नागरिकले सरकारले लागू गरेका नियमहरुको पालना गर्न पनि आग्रह गर्नुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित