२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोरोना संक्रमितको संख्या दोब्बर बढ्यो

२०७७, १८ चैत्र बुधबार ०४:२६

चैत १८, काठमाडौँ । पछिल्लो समय कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढेको छ । उक्त भाइरस संक्रमणका कारण आइसीयूमा राखेर उपचार गर्नुपर्नेहरुको संख्या बढेको हो । 

कतारको सञ्चार माध्यम द पेनन्सुला कतारका अनुसार हाल कतारमा कोभिड-१९ को संक्रमण भएका ३ सय २ जना व्यक्तिको आइसीयूमा उपचार भइरहेको छ । यो कतारमा कोभिड १९ को पहिलो वेभको समयमा भन्दा दोव्बर रहेको जनाइएको छ ।

सन् २०२० को मे महिनामा भन्दा सन् २०२१ को मार्चमा कोभिड-१९ का गम्भीर संक्रमितको संख्या दोव्वर भएको समाचारमा जनाइएको छ । बेलायतमा देखिएको कोभिड-१९ को नयाँ भेरिएण्टका कारण पनि कतारमा कोभिड १९ का संक्रमितको संख्या थपिएको अनुमान गरिएको छ । 

विश्वमा कोरोना भाइरसका संक्रमित हाल १२ करोड ८२ लाख भन्दा बढी पुगेका छन् । यस्तै मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ । संक्रमित मध्ये १० करोड ३४ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।कतारमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७८ हजार भन्दा बढी रहेको छ भने २ सय ८६ जनाले ज्यान गुमाएका छन् । 

कोरोनाको संक्रमण बढेसँगै कतारले सार्वजनिक स्थानमा यात्रा तथा भेलामा निक्कै कडाई गरेको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन