साउन २४, पाकिस्तान । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, पाकिस्तान । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम "/>
१७ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

पाकिस्तान अस्पताल विस्फोटमा मारिनेको सङ्ख्या ५३ पुग्यो

२४ श्रावण २०७३, सोमबार ११:०९

साउन २४, पाकिस्तान । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५३ पुगेको छ । 

यस भीषण बम हमलामा परी कम्तीमा ५६ व्यक्तिको घाइते भएका स्थानीय सञ्चार माध्यम उर्दु र अन्य अधिकारीहरुले जनाएका छन्. । उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उहाँको शव अस्पतालबाट लैजान ठूलो सङ्ख्यामा उपस्थित भएका वकिल, पत्रकारहरुका माझ गराइएका बलुचिस्तान प्रान्तका मुख्य मन्त्री सनाउल्लाह जेहरीले बताउनुभएको छ । 

बार एसोसियसनका ती अध्यक्ष तथा वरिष्ठ वकिल बिलाल अन्वार कसी पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान कसी मारिएका हुन । 

अस्पतालको आकस्मिक कक्षमा शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र अन्य सर्वसाधारणहरुको भिडलाई लक्ष्य गरी करिब १० किलो विस्फोटक पर्दाथ बोकेका एक आत्मघाती आक्रमणकारी आक्रमण गरेका बताइएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ५३ पुगेको यो सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्यमन्त्री सलेह बलुचले बताउनुभएको छ । रासस/सिन्हवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक