2026-06-28 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको छत्तीसगढमा नक्सलवादी र सैनिकबिच भिडन्त,२२ जना सैनिकको मृत्यु

2021-04-04

चैत २२, छत्तीसगढ । भारतको छत्तीसगढ़को नक्सल प्रभावित विजापुरमा नक्सलवादीको आक्रमणमापरी २२ जना सैनिकको मृत्यु भएको छ । बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा २२ जना सैनिकको मृत्यु भएको हो ।

शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढ़को नक्सल विरोधी अभियानका पुलिस महानिरीक्षक ओपी पालले शुक्रवार राति केन्द्रीय रिजर्व पुलिस बलको कोबरा बटालियन, डीआरजी र एसटीएफका दुई हजार जवानहरुलाई नक्सल विरोधी अभियान अन्तर्गत विजापुर र सुकमा जिल्लाबाट पठाइएको थियो ।

तर शनिबार, नक्सलीहरूले जोनागुडा पहाड नजिकैको टेरिम इलाकामा सैनिकहरुलाई घेरेर गोली हानेको भारतीय समाचार संचारमाध्यम अमर उजालाले जनाइएको छ । तीन घण्टाको भिडन्तमा १५ जना नक्सली मारिएको बताइएको छ ।

सुरक्षा बलले घटनास्थलबाट महिला नक्सलीको शव बरामद गरेको छ। एन्काउन्टरमा नक्सलवादीले धेरै दुःख भोगेको पनि बताइएको छ। आक्रमणमा ३१ जना भन्दा बढी घाइते सैनिकहरूको अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी