३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियासँग हवाई उडान शुरु गर्ने न्यूजील्यान्डको घोषणा

२४ चैत्र २०७७, मंगलवार ०७:४३

चैत २४, वेलिङ्टन । न्यूजील्यान्डले आगामी अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान शुरु गर्ने घोषणा गरेको छ ।

दुई छिमेकी मुलुकबीच प्रारम्भ हुन लागेको हवाई मार्गबाट यात्रा गर्नेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन । कोरोनाभाइरस महामारीका कारण दुबै मुलुकमा अलपत्र परेका र आफन्तजनलाई भेटघाट गर्न यो सुविधाले ठूलो मद्दत पुग्नेछ । 

साथै कोरोनाका कारण सङ्कट व्यहोरी रहेको पर्यटन उद्योगलाई पनि यसले राहत दिने विश्वास गरिएको छ । दुबै मुलुकले कडा लकडाउन गरी कोरोनाभाइरसको प्रसार रोक्न ठूलै सफलता हासिल गरेका थिए । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आफ्ना स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियाबाट कोरोना संक्रमण हुने खतरा निकै न्यून रहेको र अब यात्रा निकै सुरक्षित रहने बताएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री आर्डेनले भन्नुभयो, “हवाई उडानको थालनीले अर्थतन्त्रलाई पुनः गतिशील तुल्याउन मद्दत गर्नेछ र यात्राका क्रममा भाइरसको संक्रमण रोक्न उच्चस्तरीय प्रबन्ध पनि गरिने छ ।” अस्ट्रेलियाले यसअघि पनि न्यूजील्यान्डबाट अस्ट्रेलिया आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको थियो तर न्यूजील्यान्डले निकै सावधानी अपनाएको थियो । अस्ट्रेलियाबाट न्यूजील्यान्ड आइपुगेका हरेक व्यक्तिलाई दुई साताको क्वारेन्टिनमा बस्नैपर्ने नियम लगाइएको थियो ।

दुबै देशले विश्वका अन्य मुलुकसँगको यात्रालाई निकै कडा बनाएका थिए । कोरोना देखिएका मुलुकका नागरिक अस्ट्रेलिया आइपुगे उनीहरुलाई कडा क्वारेन्टिनमा राख्ने गरिएको थियो । क्विन्सल्यान्डस्थित दी काउ रेस्टुराँका मालिक माल प्राइसले यस वर्ष आफ्नोमा ८० प्रतिशतले ग्राहक घटेको बताउनुभयो । उहाँले अब बिस्तारै व्यवसायले गति लिने विश्वास व्यक्त गर्नुभयो ।एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ