२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप

२०७७, २४ चैत्र मंगलवार ०८:१६

चैत २४, टोकियो । जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो ।

जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरुलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ । 

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसंघीय प्रतिबन्धमा हातहतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरु समावेश रहेका छन् ।

जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदैछ । 

उत्तर कोरियाले करिब एक वर्षको अवधिमा पहिलो पटक गत मार्च २५ मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानले उक्त परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन भन्दै भत्र्सना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् । 

सन् १९७० र १९८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गरेको उत्तर कोरियाले सन् २००२ मा स्वीकार गरेको थियो । उनीहरुलाई जापानी भाषा र संस्कृतिका विषयमा उत्तर कोरियाली गुप्तचरहरुलाई प्रशिक्षित तुल्याउन अपहरण गरिएको थियो । पछि पाँच जनालाई भने जापान फर्कन अनुमति दिइएको थियो । उत्तर कोरियाले बाँकीको मृत्यु भएको वा उत्तर कोरिया नै प्रवेश नगरेको दाबी गर्दै आएको छ ।

जापानले अरु पनि जापानी नागरिकलाई उत्तरले अपहरण गरेको हुनसक्ने विश्वास गर्दै आएको छ र तीमध्ये धेरैजसो जीवितै रहेको हुनसक्ने जापानको भनाई छ । अपहृत जापानी नागरिक र आणविक हतियार एवं क्षेप्यास्त्र विकासका कार्यले दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ । यी दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध समेत रहेको छैन ।

प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो प्रशासनले अपहृत जापानी नागरिकको विषयलाई उच्च प्राथमिकता दिइने बताउँदै आउनु भएको छ । उहाँले उत्तर कोरियाली नेता किम जोङ अनसँग विनाशर्त वार्ता गर्न खुला रहेको बताइसक्नु भएको छ ।

जापानले उत्तर कोरियामाथि सन् २००६ मा सीमित प्रतिबन्धहरु लगाउन थालेको थियो । तर त्यसयता जापानले त्यस्तो प्रतिबन्धलाई थप विस्तार र व्यापक बनाउँदै लगेको छ ।एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह