२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

२०७७, ३० चैत्र सोमबार ०६:२५

चैत ३०, काठमाडौँ । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ ।

उहाँ इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उहाँले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्नुहुने बताइएको छ ।त्यस्तै उहाँले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नुहुने बताइएको छ ।

यस भ्रमणका क्रममा पछिल्लो समयमा केन्द्रीय बैंकको स्रोतमा लगाइएको प्रतिबन्धका विषयमा पनि कुराकानी हुने बताइएको छ । हालैको सो निर्णयले इरान र दक्षिण कोरियाको केन्द्रीय बैंकमा परेको असरका बारेमा कुराकानी हुने छ ।

प्रधानमन्त्री चुङले इरानमा रहँदा त्यहाँ रहेका कोरियाली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिहरुसँग पनि कुराकानी गर्ने बताउनुभएको समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह