३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

२ बैशाख २०७८, बिहीबार ०८:१०

वैशाख २, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ । तर पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा भने उहाँले गर्नुभएको बताइएको छ । 

यो सँगै उहाँले अफगानिस्तानमा रहेको अमेरिकाको सबैभन्दा लामो समयको युद्धको अन्त्यको घोषणा पनि गर्नुभएको बताइएको छ । बुधबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो– हामीले अब अफगानिस्तानमा जारी रहेको युद्धको अन्त्यको घोषणा गरिसकेका छौँ, त्यहाँ रहेका अमेरिकी सेना हामीले फिर्ता गर्ने भएका छौँ ।

त्यस सम्बोधनका क्रममा उहाँले यही मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया शुरु हुने पनि उहाँले बताउनुभएको थियो ।समाचारमा जनाइएअनुसार सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उहाँले सो कुराको घोषणा बुधबार गर्नुभएको हो ।

उहाँले भन्नुभएको थियो– यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ ।अमेरिकाका अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाको २० औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका हुन् । यतिखेर अफगानिस्तानमा नौ हजार ६०० नेटो सैनिक रहेका छन् ।ती नेटो सैनिकमध्ये कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सेना रेहका छन् । तर पनि अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या भने समय समयमा थपघट भइरहने गर्दछ ।

तर पनि अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको कुल संख्या ३ हजार ५०० को नजिक रहेको जनाएका छन् ।राष्ट्रपति बाइडेनले अफगानिस्तानमा २ हजार ४८८ जना अमेरिकी सेनाको यस लामो युद्धका क्रममा निधन भएको जानकारी पनि दिनुभएको थियो ।

साथै उहाँले यस युद्धका क्रममा २० हजार भन्दा बढी अमेरिकी सेना घाइते भएका पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।यस बारेमा नेटोका अरु सदस्य राष्ट्रहरु र अफगानिस्तानमा हिंसा गरिरहेको तालिबान आतंककारीहरुको विचार भने सार्वजनिक भएको छैन ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार