2026-06-28 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको दोस्रो कहर : दिल्लीमा कर्फ्यु घोषणा

2021-04-15

बैशाख २, काठमाडौँ । भारतको राजधानी दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले कर्फ्यु घोषणा गरेका हुन् । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । 

५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेको छ । शहरका जिमर मल्ल बन्द रहने तथा सिनेमा हलहरू ३० प्रतिशत क्षमतामा सञ्चालन हुनेछन् । अत्यावश्यक सेवाहरू र विवाहको अवसरमा जाने व्यक्तिलाई मात्र कर्फ्यू पास जारी गरिने मुख्यमन्त्री केजरीवालले प्रेस ब्रिफिङमा बताए । 

रेस्टुरेन्टमा बसेर खान नपाइने, होम डेलिभरी भने गर्न पाइने तथा हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ । बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । भारतको स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको मन्त्रालयको तथ्यांक छ । निको हुनेदर भने घटेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ ।

 हालसम्म महामारीबाट १ लाख ७३ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा १३ लाख ६५ हजार ७ सय ४ जनाले उपचार गराइरहेका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी