२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलालाई गर्भधारण नगर्न अपिल

२०७८, ४ बैशाख शनिबार ०७:०१

वैशाख ४, काठमाडौँ | ब्राजिल सरकारले कोरोना महामारीको कारण ‘गर्भाधान प्रक्रिया’ मा ढिलाई गर्नका लागि महिलाहरुसमक्ष अपिल गरेको छ । ब्राजिल सरकारले कोरोना भाइरसको नयाँ स्वरुपले आतंक मच्चाइरहेको र खोपको जोखिम कायमै रहेकाले बच्चा जन्माउनका लागि यो सही समय नभएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयके भनेको छ- 'यदी संभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाई गर्नुस् । ' ब्राजिलमा फैलिएको पी वान स्वरुपको कोरोना भाइरसले गर्भवती महिलामा धेरै असर गर्ने चेतावनी दिईएको छ ।  

भाइरससँगै खोपले पनि गर्भवती महिलाहरुमा समस्या सिर्जना गर्नसक्ने वैज्ञानिकहरुको तर्क  छ । खोप र प्रतिरोधका लागि बेलायतको संयुक्त कमिटी (जेसीभीआई) ले शुक्रबार गर्भवतीहरुलाई संभव भएसम्म फाइजर र मोर्डनाको खोप रोज्न सल्लाह दिएको छ । 

‘गर्भवती महिलाका लागि अन्य खोप असुरक्षित छन् भने कुनै प्रमाण छैन । यद्यपी, ती खोपहरुमा धेरै अनुसन्धान भने आवश्यक छ,’ जेसीभीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


ब्राजिलमा अहिलेसम्म १ करोड ३७ लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । त्यस्तै ३ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाका कारण सर्वाधिक धेरै मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रोमा छ । ब्राजिलमा कोरोनाका कारण बाल मृत्युदर पनि बढेको छ । 

यहाँ गत वर्षको फेब्रुअरीयता एक वर्षभन्दा मुनीका ५ सय १८ देखि १ हजार ३ जना शिशुहरुको मृत्यु भएको तथ्याङ्क बीबीसीले सार्वजनिक गरेको थियो । 

ब्राजिलमा संक्रमणदर र मृत्युदर उच्च रहेका कारण शिशुहरुको मृत्यु पनि धेरै भएको विज्ञहरु बताउँछन् । पी वान स्वरुपको भाइरस संक्रमण तिव्र फैलनुको प्रमुख कारण रहेको अनुमान लगाइएको छ । पहिलोपटक ब्राजिलको मानासस्थित अमेजन शहरमा पहिचान भएको पि वान स्वरुप निकै तिव्र फैलने र यसले युवाहरुलाई अत्यधिक असर गर्ने गरेको वैज्ञानिकहरु छन् । 

यो स्वरुपले खोप र एन्डिबडिजहरुको पनि प्रतिरोध गर्नसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने