३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलालाई गर्भधारण नगर्न अपिल

४ बैशाख २०७८, शनिबार ०७:०१

वैशाख ४, काठमाडौँ | ब्राजिल सरकारले कोरोना महामारीको कारण ‘गर्भाधान प्रक्रिया’ मा ढिलाई गर्नका लागि महिलाहरुसमक्ष अपिल गरेको छ । ब्राजिल सरकारले कोरोना भाइरसको नयाँ स्वरुपले आतंक मच्चाइरहेको र खोपको जोखिम कायमै रहेकाले बच्चा जन्माउनका लागि यो सही समय नभएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयके भनेको छ- 'यदी संभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाई गर्नुस् । ' ब्राजिलमा फैलिएको पी वान स्वरुपको कोरोना भाइरसले गर्भवती महिलामा धेरै असर गर्ने चेतावनी दिईएको छ ।  

भाइरससँगै खोपले पनि गर्भवती महिलाहरुमा समस्या सिर्जना गर्नसक्ने वैज्ञानिकहरुको तर्क  छ । खोप र प्रतिरोधका लागि बेलायतको संयुक्त कमिटी (जेसीभीआई) ले शुक्रबार गर्भवतीहरुलाई संभव भएसम्म फाइजर र मोर्डनाको खोप रोज्न सल्लाह दिएको छ । 

‘गर्भवती महिलाका लागि अन्य खोप असुरक्षित छन् भने कुनै प्रमाण छैन । यद्यपी, ती खोपहरुमा धेरै अनुसन्धान भने आवश्यक छ,’ जेसीभीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


ब्राजिलमा अहिलेसम्म १ करोड ३७ लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । त्यस्तै ३ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाका कारण सर्वाधिक धेरै मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रोमा छ । ब्राजिलमा कोरोनाका कारण बाल मृत्युदर पनि बढेको छ । 

यहाँ गत वर्षको फेब्रुअरीयता एक वर्षभन्दा मुनीका ५ सय १८ देखि १ हजार ३ जना शिशुहरुको मृत्यु भएको तथ्याङ्क बीबीसीले सार्वजनिक गरेको थियो । 

ब्राजिलमा संक्रमणदर र मृत्युदर उच्च रहेका कारण शिशुहरुको मृत्यु पनि धेरै भएको विज्ञहरु बताउँछन् । पी वान स्वरुपको भाइरस संक्रमण तिव्र फैलनुको प्रमुख कारण रहेको अनुमान लगाइएको छ । पहिलोपटक ब्राजिलको मानासस्थित अमेजन शहरमा पहिचान भएको पि वान स्वरुप निकै तिव्र फैलने र यसले युवाहरुलाई अत्यधिक असर गर्ने गरेको वैज्ञानिकहरु छन् । 

यो स्वरुपले खोप र एन्डिबडिजहरुको पनि प्रतिरोध गर्नसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार