३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य

५ बैशाख २०७८, आईतवार ०९:३८

वैशाख ५, नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । 

प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरुले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टिनमा बस्नु पर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारको निर्देशन नमान्नेहरुलाई कानुन अनुसार कडा सजाय हुने चेतावनी पनि दिइएको छ ।

प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टिन बसे पनि हुने उल्लेख गरिएको छ । यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरुले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।

“त्यसैगरी जो यही अप्रिल १८ देखि ३० सम्म कुम्भ मेलामा जाँदै हुनुहुन्छ, उहाँहरुले पनि दिल्ली प्रदेश छोड्नु अघि केही मुख्य विवरणहरु बुझाउनु पर्ने व्यवस्था गरिएको छ,” निर्देशनमा लेखिएको छ । 

कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । 

लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरु खुलेआम उल्लङ्घन भएको थियो । दिल्ली प्रदेशमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

एकै दिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । भारतको दिल्ली प्रदेशमा अहिले पनि झण्डै ७० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।एएनआई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार