२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य

२०७८, ५ बैशाख आईतवार ०९:३८

वैशाख ५, नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । 

प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरुले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टिनमा बस्नु पर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारको निर्देशन नमान्नेहरुलाई कानुन अनुसार कडा सजाय हुने चेतावनी पनि दिइएको छ ।

प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टिन बसे पनि हुने उल्लेख गरिएको छ । यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरुले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।

“त्यसैगरी जो यही अप्रिल १८ देखि ३० सम्म कुम्भ मेलामा जाँदै हुनुहुन्छ, उहाँहरुले पनि दिल्ली प्रदेश छोड्नु अघि केही मुख्य विवरणहरु बुझाउनु पर्ने व्यवस्था गरिएको छ,” निर्देशनमा लेखिएको छ । 

कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । 

लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरु खुलेआम उल्लङ्घन भएको थियो । दिल्ली प्रदेशमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

एकै दिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । भारतको दिल्ली प्रदेशमा अहिले पनि झण्डै ७० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।एएनआई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ