३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता ९ सैनिक पनडुब्बीको खोजी तिब्र

९ बैशाख २०७८, बिहीबार ०८:४८

वैशाख ९, बाली ।नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् । 

बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराईमा डुबेको अनुमान गरिएको छ । 

रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराईमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ । 

अस्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले प्रारम्भिक रिपार्टले “भयानक त्रासदी” को सम्भावना देखिएको बताउनुभयो ।

जर्मन–निर्मित पनडुब्बी नौसैनिक जहाजहरुको अभ्यासकै क्रममा दुर्घटनामा परेको थियो । डुबुल्की लगाएको केही समयभित्रै जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

नौसेनाका प्रवक्ता जुलियस विजोजोनोले तेल चुहिएको क्षेत्रलाई केन्द्रित गरी खोजी कार्य तिब्र बनाइएको जानकारी दिनु भएको छ, तर कुन ठाउँमा डुबेको हो भन्ने ठ्याक्कै खुट्याउन नसकिएको बताउनुभयो ।

सेनाले पनडुब्बीको खोजीका लागि छ वटा युद्धपोत र हेलिकप्टर पठाइ सकेको छ । 

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, फ्रान्स र जर्मनी समेतका अन्य मुलुकले पनि सहयोगका लागि प्रस्ताव गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री मारिज पेनले यो घटना इन्डोनेसियाली जलसेनाका लागि निकै दुःखद स्थिति रहेको बताउनुभयो ।

छिमेकी मुलुकहरु सिंगापुर र मलेसियाले पनडुब्बीको खोजी कार्यका लागि जहाजहरु त्यसतर्फ पठाइसकेका छन् । इन्डोनेसियाली सेनाले युद्धपोतमा बढी तौल भए नभएको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

बुधबार सेनाले पनडुब्बी निकै गहिराईमा डुबेको आशंका जनाएको थियो । 

करिब एक हजार ३०० टनको केआरआई नाग्गाला ४०२ पनडुब्बी सन् १९८१ मा निर्माण भएको हो । इन्डोनेसियाले पछिल्ला वर्षहरुमा आफ्ना युद्धपोतलाई अद्यावधिक र आधुनिक बनाउने प्रक्रिया थालेको छ । इन्डोनेसियासँग हाल जर्मन र दक्षिण कोरियामा निर्मित पाँच वटा पनडुब्बी छन् ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार