2026-06-28 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपतर्फ हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशंका

वैशाख १२, कायरो (रासस–एपी) | युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन् । 

आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरु भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन् । 

मानवीय सहायता संस्थाहरुले आप्रवासीको जीवन रक्षा गर्न लिबियाली तटीय रक्षक र युरोपेली अधिकारीहरु अक्षम रहेको आरोप लगाएका छन् । एक जना लिबियाली तट रक्षक अधिकारीले आफूहरुले डुङ्गाको खोजी गरेको तर सीमित स्रोतसाधनका कारण सम्भव नभएको प्रतिक्रिया दिनु भएको छ ।

ओसन भाइकिङ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ । 

उद्धारकर्ताहरुले दुर्घटना भएको ठाउँमा १० जनाको शव बाहेक अरु कसैलाई पनि भेट्टाउन सकेका थिएनन् । 

समुद्रमा जोखिमपूर्ण यात्रा गर्ने आप्रवासीलाई जोगाउन युरोपेली युनियनका मुलुकहरु र लिबियामध्ये को बढी जिम्मेवार हुनुपर्ला भन्ने यस घटनाले प्रश्न उब्जाएको छ ।

एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन् । उक्त संस्थाले समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारहरु असफल रहेको आरोप लगाएको छ ।

सन् २०११ देखि नेटो समर्थित आन्दोलनबाट लिबियाली नेता मोउमर गद्दाफीको मृत्यु भएपछि लिबियाको जलक्षेत्रबाट ठूलो संख्यामा द्वन्द्वग्रस्त अफ्रिकी र मध्यपूर्वका मुलुकका आप्रवासीहरु युरोप प्रवेश गर्न थालेका छन् । मानव तस्करहरुले कमजोर डुङ्गामा चढाएर आप्रवासीलाई भूमध्यसागर पार गराउने जिम्मा लिने गरेका छन् । त्यसक्रममा डुङ्गाहरु बीचमै डुब्ने गरेपछि बर्सेनि सयौंको मृत्यु हुने गरेको छ ।

अन्तर्राष्ट्रिय अप्रवासन संगठनले पनि यसै वर्ष सन् २०२१ को शुरुदेखि हालसम्म ३०० भन्दा बढी व्यक्ति भूमध्यसागरमा डुबेको जनाएको छ । 

हालैका वर्षहरुमा युरोपेली युनियनले लिबियाको तटीय रक्षक र अन्य स्थानीय समूहहरुलाई भूमध्यसागरको कठिन मार्गबाट युरोपतर्फ प्रस्थान गर्न नदिन मद्दत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी