२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन, “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता

१६ बैशाख २०७८, बिहीबार ०९:३४

वैशाख १६, वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई  पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताउनुभयो ।

कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको छ । हामी काम गर्न समर्थ भएका छौं, सपना देख्न थालेका छौं, अन्वेषण र खोजमा अघि बढिसकेका छौं, र विश्वलाई नै नेतृत्व दिन तयार भइसकेका छौं ।”

राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले अमेरिकी इतिहासमै खोप अभियानमा  सफल उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले अहिलको राष्ट्रिय प्रयत्नलाई देशको अर्थतन्त्र पुनर्निर्माण गर्ने तथा दोस्रो विश्वयुद्ध देखिकै सर्वाधिक ठूलो विषय बनेको रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

राष्ट्रपति बाइडेनले पूर्ववर्ती डोनाल्ड ट्रम्पले भनेझैं अमेरिकी श्रमिक वर्गलाई बेवास्ता गरिएको बताउनुभयो । उहाँले माथिल्लो एक प्रतिशत निकै धनी भएको बताउँदै अमेरिकी श्रमिकलाई पनि एउटा अवसर सिर्जना गर्न आफूले योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “तिब्र गतिमा भइरहेको आर्थिक परिवर्तनबीच तपाईंले आफूलाई पछि छाडिएको र बिर्सिएको अनुभूति गर्नु भएको हुन सक्छ । म तपाईंहरुसँग सोझै कुरा गर्न चाहन्छु ।” राष्ट्रपति बाइडेनले अमेरिकामा राम्रो तलब पाइने जागिरका लागि आउटसोर्स (बाहिरबाट ल्याउन) गर्न नदिनेतर्फ सङ्केत गर्नु भएको थियो ।

अमेरिकी प्राइमटाइम टेलिभिजन सम्बोधनमा प्रायः राष्ट्रपति बाइडेनले एउटा भनाई सार्वजनिक गर्ने गर्नु भएको छ, त्यो हो अमेरिकाले पुनः गति लिएको छ । उहाँले सामान्यतया कोरोनाभाइरसको महामारीबाट सिर्जित विपदलाई अमेरिकाले सुल्झाउन लागेको तथा ट्रम्प प्रशासनले निम्त्याएको अस्थिरता समाप्त भएको बताउने गर्नु भएको छ ।

राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यकालमा पुगेको क्षतिलाई उल्ट्याएर अन्तर्राष्ट्रिय साझेदारीलाई आफ्नो विदेश नीतिले पुनः सम्बोधन गर्न लागेको बताउनुभयो । उहाँले ट्रम्पका एकलकाँटे नीतिको आलोचना गर्दै कङ्ग्रेसमा भन्नुभयो, “कुनै पनि मुलुक एक्लै सफल हुन सक्दैन ।”

चीनका सम्बन्धमा राष्ट्रपति बाइडेनले बेइजिङले सर्वोच्चता वा एकाधीकार खोजिरहेको भए पनि आफूहरुले चीनसँग प्रतिस्पर्धा गर्न चाहेको तर कुनै किसिमको द्वन्द्व नचाहेको स्पष्ट गर्नुभयो ।

अमेरिकी घरेलु मुद्दाहरुका सम्बन्धमा बाइडेनले डेमोक्रेटिक पार्टीको लामै योजना सुनाउनुभयो जसमा प्रहरीमा सुधार, आप्रवासनमा सुधार र बन्दुक नियन्त्रण समेटिएका थिए । यी मुद्दाहरु अमेरिकी समकालीन राजनीतिका निकै संवेदनशील विषयहरु हुन् ।

“कानुन कार्यान्वयन गर्ने निकाय र जनताबीचको विश्वासलाई पुनः स्थापित गर्न हामी एकै ठाउँमा उभिनुको विकल्प छैन । हाम्रो फौजदारी न्याय प्रणालीमा रहेको प्रणालीगत जातीय विभेदलाई जरैदेखि समाप्त गर्नु पर्दछ,” बाइडेनले भन्नुभयो । उहाँले अमेरिकी तल्लो सदनले पहिल्यै पारित गरिसकेको प्रहरी सुधार सम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न माथिल्लो सदन सिनेट समक्ष आग्रह पनि गर्नुभयो । 

उहाँले देशकै सर्वाधिक चर्चित विषयमा मिलेर कार्य गर्न रिपब्लीकन र डेमोक्र्याट दुबै दलसँग आग्रह गर्नुभयो । राष्ट्रपति बाइडेनले भन्नुभयो, अध्यागमनका बारेको हाम्रो थकित युद्ध अब अन्त्य गरौं ।तर बाइडेनले गरेको एकताको आह्वानलाई रिपब्लीकनले सुनिहाल्ने सङ्केत देखिएको छैन । रिपब्लीकन पार्टीले बाइडेनले हावादारी ठुल्ठूला धारणा मात्र अघि बढाएको आरोप लगाएका छन् । उनीहरुको विचारमा बाइडेनले बामपन्थी अजेन्डा मात्र अघि सार्नु भएको छ ।

रिपब्लीकन पार्टीका सिनेटर टिम स्कटले बाइडेनको सम्बोधनपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै भन्नुभयो, “हाम्रो सर्वोत्तम भविष्य वासिङ्टनको योजना वा समाजवाजी सपनाहरुबाट आउँदैन । यो तपाईं अमेरिकी जनताबाट मात्र आउने छ ।” 

अमेरिकी राष्ट्रपतिहरुले सामान्यतया कङ्ग्रेसमा सम्बोधन गर्दा करको दर वृद्धिलाई गुपचुप राख्ने गर्दछन् । तर राष्ट्रपति बाइडेनले अमेरिकी ठूला धनाढ्यमाथि करवृद्धि गर्ने र त्यहाँबाट प्राप्त हुने रकम आफ्ना प्रस्ताव कार्यान्वयनका लागि खर्च गर्ने योजना अघि सार्नु भएको छ । उहाँले १८ खर्ब डलरको अमेरिकन फेमिलिज प्लान नामको योजना अघि सार्नुभयो ।

निकै विभाजित कङ्ग्रेसको अनुमोदन आवश्यक पर्ने यस योजनाले खासगरी बालशिक्षा, बालबालिकाको स्याहार र उच्च शिक्षामा जोड दिनेछ । वार्षिक चार लाख भन्दा कम आय हुने अमेरिकीले अतिरिक्त कर तिर्नु पर्ने छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै