2026-06-29 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलम्बियामा फल्यो संसारकै ठूलो आँप, वजन कति ?

वैशाख १९, काठमाडौँ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भने संसारकै सबैभन्दा ठूलो आँपको फलेको छ ।कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले संसारकै सबैभन्दा ठूलो आँपको फल फलाउने विश्व कीर्तिमान कायम गरेका छन् ।


उक्त आँपको वजन ४ किलो २५० ग्राम रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् उक्त आँपको दानालाई विश्वकै सबैभन्दा ठूलो आँपको दानाको रुपमा प्रमाणित गरेर प्रमाणपत्र नै दिइसकेको छ ।

यसअघि सबैभन्दा ठूलो आँप फलाउने किर्तिमान फिलिपिन्सको नाउँमा थियो । त्यहाँका एक किसानले सन् २००९ मा ३ किलो ४३५ ग्रामको आँपको फल फलाएका थिए । कोलम्बियाको गुआयाटा गाउँमा व्यवसायिक रुपमा आँपखेती हुँदैन । गाउँलेहरुले घरमा खानका लागि मात्रै आँपका रुख रोप्ने गरेका छन् । घरमै खानका लागि रोपेको आँपको रुखले विश्व किर्तिमान कायम गरिदिएपछि अहिले गाउँकै पहिचान विश्वव्यापी बनेको छ ।

गिनिज बुकका अधिकारीहरुले आधिकारिक रुपमा उक्त आँपको फललाई सबैभन्दा ठूलो आँपको फलको रुपमा प्रमाणित गरेसँगै त्यसलाई काटियो र त्यहाँ उपस्थित सबै जनालाई खान दिएर उत्सव मनाइएको थियो ।

गिनिज वर्ल्ड रेकर्डस् डटकमबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी