Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

२१ टन तौल भएको चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी

२२ बैशाख २०७८, बुधबार १०:१५

वैशाख २२, काठमाडौं । २१ टन तौल रहेको चिनियाँ रकेट नियन्त्रण बाहिर गएको छ । नियन्त्रणबाहिर गएको यो रकेट आउँदो शनिबार पृथ्वीमा क्र्याश हुनसक्ने आँकलन गरिएको छ ।

अमेरिकी सरकारले मानव वस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनी समेत दिएको डेलिमेलमा उल्लेख छ । पृथ्वीको पर्यावरणमा रकेटको पुनः आगमनको सम्भावना रहेको उल्लेख गर्दै अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ताले यसको प्रवेश विन्दु यकिन रुपमा अहिले नै निर्धारण गर्न नसकिने बताएका छन् ।

स्पेस ट्र्याकमा दैनिक रुपमा त्यसको लोकेसन अपडेट गरिने भन्दै उनले यस सम्बन्धि थप जानकारी उपलब्ध भएसँगै प्रदान गरिने जनाएका छन् । अन्य स्याटेलाइट ट्र्याकरहरुले समेत १०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१-०३५ बी’ नामक यो रकेट प्रति सेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको पत्ता लागाएका छन् ।

‘अमेरिकाको स्पेस कमाउन्ड यसप्रति सचेत छ र चाइनिज लङ्ग मार्च ५ बीको अन्तरिक्षको लोकेसन ट्र्याकिङ गरिरहेको छ । तर पुनः प्रवेशको केही घण्टा नभएसम्म यसको पृथ्वीको कक्षमा प्रवेश गर्ने विन्दु निश्चित गर्न सकिन्न ।

त्यो ८ मे वरिपरी हुनसक्ने अन्दाज छ,’ अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ता माइक हवार्डले भनेका छन् । तियान्हे पठाउनका लागि लङ्ग मार्च रकेट ५ बी प्रयोग गरिएको थियो । जुन अन्तरिक्षमा चीनको आफ्नै स्पेस स्टेसन बनाउने उद्देश्यका साथ चीनले गत साता मात्रै प्रयोग गरिएको थियो ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।

केही दिन अघि मात्र एकजना विज्ञले उक्त रकेटको ब्याकबोन पृथ्वीको कक्षमा अनियन्त्रित तवरमा पुनः प्रवेश गर्ने बताएका थिए । पृथ्वीको कक्षमा रहेका वस्तुहरु ट्र्याक गर्ने एक जना अन्तरिक्ष यात्री जोनाथन म्याकडोयलले स्पेसन्युजसँगको कुराकानीमा रकेटले न्यूयोर्कको केही उत्तर, मड्रिड, बेइजिङ र चिलिको पश्चिमी भाग र न्युजिल्याण्डको विलिङ्टनको बाटो समात्न सक्ने बताएका छन् ।

यो उक्त क्षेत्रको जुनसुकै भागमा अवतरण हुनसक्छ । पृथ्वीको कक्षमा प्रवेश गर्नु अघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ । जलेर नष्ट नभएका ट्क्राहरु भने समुद्र अथवा निर्जन क्षेत्रमा खस्नेछन् । स्पेस न्युजको रिपोर्टमा भनिएको छ, ‘तर जनधनको क्षति हुनसक्ने जोखिम भने बाँकी नै छ ।’ टेकपानाबाट साभार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड