Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-06-28 11:22 AM
काठमाडौँ - KTM

२१ टन तौल भएको चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी

वैशाख २२, काठमाडौं । २१ टन तौल रहेको चिनियाँ रकेट नियन्त्रण बाहिर गएको छ । नियन्त्रणबाहिर गएको यो रकेट आउँदो शनिबार पृथ्वीमा क्र्याश हुनसक्ने आँकलन गरिएको छ ।

अमेरिकी सरकारले मानव वस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनी समेत दिएको डेलिमेलमा उल्लेख छ । पृथ्वीको पर्यावरणमा रकेटको पुनः आगमनको सम्भावना रहेको उल्लेख गर्दै अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ताले यसको प्रवेश विन्दु यकिन रुपमा अहिले नै निर्धारण गर्न नसकिने बताएका छन् ।

स्पेस ट्र्याकमा दैनिक रुपमा त्यसको लोकेसन अपडेट गरिने भन्दै उनले यस सम्बन्धि थप जानकारी उपलब्ध भएसँगै प्रदान गरिने जनाएका छन् । अन्य स्याटेलाइट ट्र्याकरहरुले समेत १०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१-०३५ बी’ नामक यो रकेट प्रति सेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको पत्ता लागाएका छन् ।

‘अमेरिकाको स्पेस कमाउन्ड यसप्रति सचेत छ र चाइनिज लङ्ग मार्च ५ बीको अन्तरिक्षको लोकेसन ट्र्याकिङ गरिरहेको छ । तर पुनः प्रवेशको केही घण्टा नभएसम्म यसको पृथ्वीको कक्षमा प्रवेश गर्ने विन्दु निश्चित गर्न सकिन्न ।

त्यो ८ मे वरिपरी हुनसक्ने अन्दाज छ,’ अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ता माइक हवार्डले भनेका छन् । तियान्हे पठाउनका लागि लङ्ग मार्च रकेट ५ बी प्रयोग गरिएको थियो । जुन अन्तरिक्षमा चीनको आफ्नै स्पेस स्टेसन बनाउने उद्देश्यका साथ चीनले गत साता मात्रै प्रयोग गरिएको थियो ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।

केही दिन अघि मात्र एकजना विज्ञले उक्त रकेटको ब्याकबोन पृथ्वीको कक्षमा अनियन्त्रित तवरमा पुनः प्रवेश गर्ने बताएका थिए । पृथ्वीको कक्षमा रहेका वस्तुहरु ट्र्याक गर्ने एक जना अन्तरिक्ष यात्री जोनाथन म्याकडोयलले स्पेसन्युजसँगको कुराकानीमा रकेटले न्यूयोर्कको केही उत्तर, मड्रिड, बेइजिङ र चिलिको पश्चिमी भाग र न्युजिल्याण्डको विलिङ्टनको बाटो समात्न सक्ने बताएका छन् ।

यो उक्त क्षेत्रको जुनसुकै भागमा अवतरण हुनसक्छ । पृथ्वीको कक्षमा प्रवेश गर्नु अघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ । जलेर नष्ट नभएका ट्क्राहरु भने समुद्र अथवा निर्जन क्षेत्रमा खस्नेछन् । स्पेस न्युजको रिपोर्टमा भनिएको छ, ‘तर जनधनको क्षति हुनसक्ने जोखिम भने बाँकी नै छ ।’ टेकपानाबाट साभार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी