३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनियन्त्रित भएपछि चिनियाँ रकेट खस्यो

२६ बैशाख २०७८, आईतवार ०७:३२

वैशाख २६, काठमाडौँ (एजेन्सी)। चीनको अनियन्त्रित रकेट लङ मार्च ५ बी आज पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको छ । यो माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ ।  २१ टन वजनको विशाल रकेट अन्तरिक्षमा अनियन्त्रित भएपछि पछिल्ला दिन पृथ्वीतर्फ बढ्दै थियो । यदि, मानिस बसोबास गर्ने इलाकामा यो खसेको भए ठूलो क्षति हुनसक्ने थियो । 

चीनको म्यान्ड स्पेस इन्जिनियरिङ कार्यालयका अनुसार लङ मार्च ५ बी रकेटको अवशेष बेइजिङको स्थानीय समयअनुसार बिहान १० बजेर २४ मिनेट जाँदा पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्‍यो  र ७२ दशलमलव ४७ डिग्री पूर्वी देशान्तर र २ दशमलव ६५ डिग्री उत्तरी अक्षांशमा समुद्रको एउटा खुला क्षेत्रमा झर्यो  । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकांश अवशेष पृथ्वीको वायुमण्डलमा पुन प्रवेशका दौरान नै जलेको थियो । चीनले यस रकेटमार्फत अन्तरिक्षमा बनाइने आफ्नो तियांगोंग सुपर स्टेशनको पहिलो हिस्सा पठाएको थियो । 

चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनविनले यसै हप्ता रकेटको अवशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै जल्ने दाबी सञ्चारमाध्यमसँग गरेका थिए । चीनले आगामी हप्ता आफ्नो अन्तरिक्ष केन्द्र कार्यक्रमका लागि अर्को रकेट पनि पठाउन सक्छ । किनकी, उसले अर्को वर्षसम्म यस परियोजनालाई पूरा गर्ने लक्ष्य राखेको छ । 

चिन्ताको जरुरी छैन– चीन 

चिनियाँ वैज्ञानिकहरुले पृथ्वीको कक्षमा आइ पुग्नासाथ रकेटको अधिकांश हिस्सा जलिसक्ने हुनाले चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको जनाएका थिए ।  बचेको हिस्सा पनि मानिसको बसोबास नरहेको इलाका वा महासागरमै गिर्ने उनीहरुले बताएका थिए । धर्तीको ७५ प्रतिशत हिस्सा पानीले भरिएको छ, बाँकी २५ प्रतिशत इलाकामध्ये पनि अधिकांश इलाकामा मानिसको बसोबास छैन, त्यसैले यसबाट मानिसलाई क्षति हुने खतरा निकै कम थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट