२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा पर्यो नेपाल

२०७८, २६ बैशाख आईतवार ०९:१५

वैशाख २६, काठमाडौं। बेलायतले आगामी बुधबारदेखि नेपाललाई बेलायतको ट्राफिक लाइट सिस्टमको रेड लिस्टमा समावेश गर्ने भएको छ।

हाल अम्बर लिस्टमा रहेका नेपालसहित टर्की र मालदिभ्सलाई पनि आगामी बुधबारदेखि रेड लिस्टमा राख्न लागेको हो। रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई युके प्रवेशमा रोक लगाइने छ।

'रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु भएको छ भने तपाई ब्रिटिस अथवा आइरिस नागरिक वा युकेमा रेसिडेन्स अधिकार भएको भएमात्र युके प्रवेश गर्न पाउनु हुनेछ,' बेलायत सरकारको आधिकारिक वेबसाइटमा भनिएको छ।

त्यस्तै आफ्ना देशका नागरिकहरुलाई रेड लिस्टमा रहेका देशहरुमा समय बिताउनका लागि भ्रमण नगर्नसमेत भनेको छ । उसले अतिअत्यावश्यक भएमात्र भ्रमण गर्न अनुरोध गरेको छ। त्यस्तै ती देशबाट बेलायत फर्किने नागरिकहरुलाई निर्धारण गरिएका सरकारी होटल क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने छ।

मंगलबारसम्म भने नेपालबाट जाने नेपाली तथा विदेशीले १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र त्यहाँ जानु २ दिन अगाडि र पुगेको ८ दिनपछि कोभिड-१९ को परीक्षण गर्नुपर्ने हुन्छ। बेलायतले रेड लिस्टमा रहेका देशहरुमा संक्रमण दर न्यून र खोप दर उच्च नभएसम्म यात्रा प्रतिबन्ध लगाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा