३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा पर्यो नेपाल

२६ बैशाख २०७८, आईतवार ०९:१५

वैशाख २६, काठमाडौं। बेलायतले आगामी बुधबारदेखि नेपाललाई बेलायतको ट्राफिक लाइट सिस्टमको रेड लिस्टमा समावेश गर्ने भएको छ।

हाल अम्बर लिस्टमा रहेका नेपालसहित टर्की र मालदिभ्सलाई पनि आगामी बुधबारदेखि रेड लिस्टमा राख्न लागेको हो। रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई युके प्रवेशमा रोक लगाइने छ।

'रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु भएको छ भने तपाई ब्रिटिस अथवा आइरिस नागरिक वा युकेमा रेसिडेन्स अधिकार भएको भएमात्र युके प्रवेश गर्न पाउनु हुनेछ,' बेलायत सरकारको आधिकारिक वेबसाइटमा भनिएको छ।

त्यस्तै आफ्ना देशका नागरिकहरुलाई रेड लिस्टमा रहेका देशहरुमा समय बिताउनका लागि भ्रमण नगर्नसमेत भनेको छ । उसले अतिअत्यावश्यक भएमात्र भ्रमण गर्न अनुरोध गरेको छ। त्यस्तै ती देशबाट बेलायत फर्किने नागरिकहरुलाई निर्धारण गरिएका सरकारी होटल क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने छ।

मंगलबारसम्म भने नेपालबाट जाने नेपाली तथा विदेशीले १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र त्यहाँ जानु २ दिन अगाडि र पुगेको ८ दिनपछि कोभिड-१९ को परीक्षण गर्नुपर्ने हुन्छ। बेलायतले रेड लिस्टमा रहेका देशहरुमा संक्रमण दर न्यून र खोप दर उच्च नभएसम्म यात्रा प्रतिबन्ध लगाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट