2026-06-28 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको भयावह दृष्य: कोरोना संक्रमितहरुको शव गङ्गा नदीमा तैरिदै !

वैशाख २७, काठमाडौँ | कोरोनाको कारण मृत्यु भएका मानिसहरुको शवहरु नदीले बगाउँदै ल्याएको अवस्थामा देखिएपछि भारतमा कोरोना संक्रमित भई मृत्यु भएको आँकडाबारे प्रश्न खडा भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

भारतमा कोरोना संक्रमितहरुको मृत्यु भएपछि अन्तिम संस्कारको लागि ठाउँ नपाएको भन्ने समाचारहरु सार्वजनिक हुँदै गर्दा कोरोना महामारीको कारण मृत्यु भएकाहरुको शव नदीमा फालिएको भिडियो सहित सार्वजनिक भएको छ । 

यूपी बोर्डर संगै रहेको बिहारको बक्सर जिल्लामा सोमवार शवहरु गंगा नदीको किनारमा बग्दै गरेको देखिएको भिडियो सहित सार्वजनिक भएको छ ।

तश्वीर: भयाबह दृष्य भएकाले ब्लर गरिएको छ । 

बक्सर केन्द्रीय स्वास्थ्य राज्यमन्त्री अश्विनी कुमार चौबेको संसदीय क्षेत्र हो । जिल्ला प्रशासनको अनुसार ति शवहरु उत्तर प्रदेशको इलाहाबाद र वाराणसीदेखि बग्दै आएको बताइएको छ । 

बक्सरको चरित्रवन गाउँको मानिसहरुका अनुसार आसपासको गाउँमा पछिल्लो एक-डेढ महिनामा मृत्यु अचानक बढेको छ । मृत्यु हुनेहरु सबै रुघा-खोकीबाट पिडित थिए । स्थानीयका अनुसार त्यहाँको चौसा श्मशान घाटमा आउने धेरैजसो शवहरु गंगा नदीमा बगाउने गरिएको छ । जसमध्ये सयौं शवहरु नदि किनारमै सडेका छन् । 

तश्वीर: भयाबह दृष्य भएकाले ब्लर गरिएको छ । 

चरित्रवन र चौसा श्मशान घाटमा दिन-रात चिताहरु जलिरहेका छन् । कब्रस्तानहरुमा पनि भीड बढ्ने गरेको छ । एकै दिन दुई देखि पाँच शव जल्ने घाटमा अहिले ४० देखि ९० शव जल्ने गरेको छ । 

बक्सरमा आइतबार ७६ शव सरकारी आंकडामा दर्ता भए, जबकि १०० भन्दा बढी शव अन्तिम संस्कार गरिएका थिए । उक्त ठाउँमा मात्र दैनिक २० भन्दा बढी शवहरु घाटमा समेत दर्ता नगरी जलाउने वा नदीमा फाल्ने गरिएको बताइएको छ । चौसा घाटमा आइतबार २५ शवको अन्तिम संस्कार गर्दा ७ शव मात्र जलाइयो भने १६ शव नदीमा बगाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । 

बक्सरका एसडीओ केके उपाध्यायलाई हवाला दिँदै स्थानीय संचार मध्यमले लेखेको समाचार अनुसार गंगा नदीमा १० देखि १२ शव नदीमा तैरिएको देखिएको छ । ति शवहरु ५ देखि ७ दिन पुराना हुन् । आशंका गरिएको छ कि ति शवहरु वाराणसी र इलाहाबादको घाटदेखि बगेर बिहार आएका हुन् । ति शवहरुको अन्तिम संस्कारको लागि स्थानीय प्रशासनले तयारी गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी