२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा अब घरै बसेर कोरोना परीक्षण गर्न सकिने

२०७८, २९ बैशाख बुधबार ०५:३४

वैशाख २९, काठमाडौं (एजेन्सी)। दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै उपलब्ध हुन थालेको हो ।

जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट बुधबारदेखि सजिलै किन्न सकिन्छ । यसबाट केवल १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिन्छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७ हजारदेखि ९ हजार वोन अर्थात ७ सयदेखि ९ सय रुपैयाँसम्म पर्छ ।

आफैं परीक्षण गर्न मिल्ने किटले अहिले अन्य देशहरुमा पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । कोरोनाको शंका लागेमा वा लक्षण देखिएमा प्रारम्भिक परीक्षणको लागि सजिलै घरमा रिजल्ट हेर्न सकिने हुँदा अस्पतालमा हुने भीडभाडमा कमी तथा कोरोना संक्रमण दर कम हुने भएकाले दक्षिण कोरियाली सरकारले यो किट सर्वसाधारणलाई उपलब्ध गराउन थालेको हो ।

यो किटको प्रयोगकर्ताले नाकबाट स्वाबको नमुना संकलन गरी परीक्षण गर्न सक्नेछन् । पोजेटिभ रिपोर्ट प्राप्त भएमा उनीहरुलाई पीसीआर टेष्ट तथा अन्य परीक्षणका लागि सिफारिस गरिन्छ । संक्रमितको परीक्षण क्षमता बढाउन सरकारले यो नीति अवलम्वन गरेको हो । सोमबार मात्रै कोरियामा ४ सय भन्दा बढी नयाँ संक्रमित देखा परेका थिए ।

अन्य देशको तुलनामा यो सामान्य संख्या भए पनि भाइरस नियन्त्रणमा कोरियाले उच्च सतर्कता अपनाइरहेको छ । कोरोनाको कारण हुने मृत्युदर भने कोरियामा नगन्य छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा