३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस विरुद्धको औषधि तयार , भारतले आज सार्वजनिक गर्दै

३ जेष्ठ २०७८, सोमबार ०५:१८

जेठ ३, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ ।


यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।

यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।

राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन् ‘डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज़ लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो ।’ यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।

भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’