३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयुक्त राष्ट्रसंघद्धारा गाजामा युद्धविराम गर्न आग्रह

६ जेष्ठ २०७८, बिहीबार ०८:५८

जेठ ६, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ ।मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुखले सो आग्रह गर्नुभएको हो । गाजामा जारी रहेको हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उहाँले बताउनुभएको छ ।त्यसैले सो क्षेत्रमा युद्धविराम गर्न र शान्तिपूर्ण रुपमा यहाँको समस्याको समाधान खोज्नका लागि उहाँले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका जसका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको बताउनुभएको छ ।

युद्धग्रसत रहेको क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार जना बालबालिका विस्थापित भएका बताइएको छ । प्यालेस्टाइनीहरुको अधिनमा रहेको सो क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको सो कोषको भनाई छ ।

साथै गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको पनि उहाँले बताउनुभएको छ ।सो क्षेत्रमा बालबालिकासहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको सयुक्त राष्ट्रसंघीय सो निकायले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट