2026-06-29 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयुक्त राष्ट्रसंघद्धारा गाजामा युद्धविराम गर्न आग्रह

जेठ ६, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ ।मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुखले सो आग्रह गर्नुभएको हो । गाजामा जारी रहेको हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उहाँले बताउनुभएको छ ।त्यसैले सो क्षेत्रमा युद्धविराम गर्न र शान्तिपूर्ण रुपमा यहाँको समस्याको समाधान खोज्नका लागि उहाँले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका जसका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको बताउनुभएको छ ।

युद्धग्रसत रहेको क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार जना बालबालिका विस्थापित भएका बताइएको छ । प्यालेस्टाइनीहरुको अधिनमा रहेको सो क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको सो कोषको भनाई छ ।

साथै गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको पनि उहाँले बताउनुभएको छ ।सो क्षेत्रमा बालबालिकासहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको सयुक्त राष्ट्रसंघीय सो निकायले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी