३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०४३ भित्र न्यूजील्यान्डको जनसंख्याको २६ प्रतिशत हिस्सा एसियाली मूलका हुने

१४ जेष्ठ २०७८, शुक्रबार ०८:३३

जेठ १४, वेलिङ्टन (रासस–सिन्ह्वा) | न्यूजील्यान्डको जनसंख्या आगामी दुई दशकभित्र जातीय रुपमा अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको छ । 

न्यूजील्यान्डको जनसंख्या विभागका अनुसार सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियाली मुलका नागरिक हुनेछन् । 

विभागले सन् २०१८ मा एसियाली मुलका नागरिकको जनसंख्या १६ प्रतिशत रहेकामा अब त्यो बृद्धि भएर सन् २०४३ मा २६ प्रतिशत पुग्ने जनाएको छ । 

सन् २०१८ मा “युरोपेली वा अन्य” मुलका नागरिकको जनसंख्या ७० प्रतिशत रहेकामा त्यो घटेर ६४ प्रतिशत हुने विभागको अनुमान छ । 

विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिश स्लाकले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर जनसंख्याको ठूलो हिस्सा रहेको युरोपेली वर्गको जनसंख्या बृद्धिमा निकै कमी आउने छ ।”


स्लाकका अनुसार भिन्न भिन्न जातीय समूहबीच जन्म, मृत्यु र आप्रवासनको दर फरक फरक छ । उमेर समूहका आधारमा पनि जातीय समूहको हिस्सा फरक देखिएको छ । उदाहरणका लागि, सन् २०१८ मा माओरी समुदायका ०–१४ वर्ष उमेर समूहका युवाको जनसंख्या २७ प्रतिशत रहेकामा ६५ वर्षभन्दा बढीको उमेर समूहमा ७ प्रतिशत मात्र देखिएको छ । 

व्यवस्थापक स्लाकले सन् २०२० को डिसेम्बरमा सार्वजनिक भएझैं न्यूजील्यान्डको कूल जनसंख्या २० देखि ३० वर्षको अवधिमा करिब ६० लाख पुग्न सक्ने बताउनुभयो । 

एसियाली र माओरी समुदायको जनसंख्या सन् २०२४–२०२७ र २०२८–२०३२ को अवधिमा १० लाखभन्दा बढी हुने तथ्याँक विभागको भनाई छ । 

माओरी समुदायको जनसंख्या औसतभन्दा बढी दरमा बृद्धि हुनेछ भने एसियाली मूलको जनसंख्या आप्रवासनका कारण बृद्धि हुनेछ, स्लाकले भन्नुभयो ।

विभागका अनुसार सन् २०२० को दशकको शुरुमा माओरी जनसंख्याभन्दा एसियाली मूलको जनसंख्या बढी तिब्र गतिमा बृद्धि हुनेछ । खासगरी चिनियाँ र भारतीय समूहको जनसंख्या न्यूजील्यान्डमा बढी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’