३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिनल्यान्डकी प्रधानमन्त्रीको ‘ब्रेकफास्ट बिल’ को प्रहरीले जाँच गर्ने

१७ जेष्ठ २०७८, सोमबार ०८:५६

जेठ १७, काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथि सरकारी पैसा दुरुपयोगको आरोप लगाएका छन् भने केहीले भ्रष्टाचारसँग उहाँको सम्बन्ध रहेको बताइरहेका छन् ।

यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ । प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको आरोप उहाँमाथि छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई निसाना बनाइएको छ । 

'ट्याबलोइड इलतलेहती' को रिपोर्टमा प्रधानमन्त्री सना मरिनले आफ्नो आधिकारिक निवास केसरन्तामा रहँदै परिवारसँगको नास्ताका लागि हरेक महिना झन्डै तीन सय युरो खर्च गरिरहेको आरोप लगाइएको छ । 

यो प्रतिवेदनपछि विपक्षहरु आक्रामक बनेका छन् । प्रधानमन्त्री सना मरिनले आफूभन्दा पहिलेका प्रधानमन्त्रीले पनि यसको लाभ लिएको बताउनुभयो । उहाँले ट्विटरमा भन्नुभएको छ, ‘प्रधानमन्त्रीको रुपमा मैले यो लाभ मागेको छैन र यसबारेमा निर्णय लिन पनि सहभागी भएको छैन ।’  

कानुनी विशेषज्ञले प्रधानमन्त्रीको बिहानको नास्ताका लागि करदाताको पैसाको उपयोग गर्नु फिनिस कानुनुको उल्लङ्घन हुन सक्ने सुझाव दिएका छन् । शुक्रवार प्रहरीले यस मुद्दा जाँच गर्ने घोषणा गरेको हो । प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीको नास्तामा खर्च गरिएको पैसा सरकारबाट लिइएको हो । यद्यपि कानुनले यो इजाजत दिँदैन ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट