२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा अब ३ सन्तानको नीति

२०७८, १७ जेष्ठ सोमबार ११:१४

जेठ १७, काठमाडौँ | चीनले दुई सन्तानको नीतिलाई खारेज गर्दै अब तीन सन्तानको नीति अँगाल्ने भएको छ । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । 

समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो । 

दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो ।चीनमा यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन जनसंख्याको वृद्धिदर १९६० को दशकयताकै कम भएको बताइएको छ । हाल चीनको जनसंख्या १ अर्ब ४१ करोड रहेको छ ।

चीनले सन् २०१६ मा साढे तीन दशक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै दुई सन्तानको नीति अँगालेको थियो । 

यस महिनाको सुरुवातमा जारी जनसङ्ख्याको आँकडामा गएको वर्ष चीनमा एक करोड २० लाख बालबालिका जन्मिएका र यो सन् २०१६ पछि भएको ठूलो गिरावट र १९६० पछि सबैभन्दा कम बालबालिका जन्मिएको बताइएको थियो । सन् २०१६ मा चीनमा एक करोड २० लाख बालबालिका जन्मिएका थिए । 


सन् १९८० देखि चीनमा नयाँ वैवाहिक कानुन लागु भएको थियो । जुन कानुनमा एकमात्र सन्तान जन्माउन पाउने प्रावधान थियो, जसलाई निकै कडाइसाथ लागू गरिएको थियो । त्यसपछि १९८४ मा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सीमित दम्पतीले मात्र दुई सन्तान जन्माउन पाउने नीति ल्याइयो । यसमा दम्पती दुवै एक्लो सन्तान हुनुपर्ने सर्त थियो । केही अल्पसंख्यक जातिलाई पनि दोस्रो सन्तान जन्माउने अधिकार दिइएको थियो ।

सन् २००१ मा एक सन्तान नीतिको उल्लंघन गर्ने दम्पतीलाई ठूलो नगद जरिवाना तिर्नुपर्ने, सरकारी जागिरेले दोश्रो सन्तान जन्माए जागिर समेत खोसिनेसम्मको नियम बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा