३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा अब ३ सन्तानको नीति

१७ जेष्ठ २०७८, सोमबार ११:१४

जेठ १७, काठमाडौँ | चीनले दुई सन्तानको नीतिलाई खारेज गर्दै अब तीन सन्तानको नीति अँगाल्ने भएको छ । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । 

समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो । 

दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो ।चीनमा यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन जनसंख्याको वृद्धिदर १९६० को दशकयताकै कम भएको बताइएको छ । हाल चीनको जनसंख्या १ अर्ब ४१ करोड रहेको छ ।

चीनले सन् २०१६ मा साढे तीन दशक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै दुई सन्तानको नीति अँगालेको थियो । 

यस महिनाको सुरुवातमा जारी जनसङ्ख्याको आँकडामा गएको वर्ष चीनमा एक करोड २० लाख बालबालिका जन्मिएका र यो सन् २०१६ पछि भएको ठूलो गिरावट र १९६० पछि सबैभन्दा कम बालबालिका जन्मिएको बताइएको थियो । सन् २०१६ मा चीनमा एक करोड २० लाख बालबालिका जन्मिएका थिए । 


सन् १९८० देखि चीनमा नयाँ वैवाहिक कानुन लागु भएको थियो । जुन कानुनमा एकमात्र सन्तान जन्माउन पाउने प्रावधान थियो, जसलाई निकै कडाइसाथ लागू गरिएको थियो । त्यसपछि १९८४ मा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सीमित दम्पतीले मात्र दुई सन्तान जन्माउन पाउने नीति ल्याइयो । यसमा दम्पती दुवै एक्लो सन्तान हुनुपर्ने सर्त थियो । केही अल्पसंख्यक जातिलाई पनि दोस्रो सन्तान जन्माउने अधिकार दिइएको थियो ।

सन् २००१ मा एक सन्तान नीतिको उल्लंघन गर्ने दम्पतीलाई ठूलो नगद जरिवाना तिर्नुपर्ने, सरकारी जागिरेले दोश्रो सन्तान जन्माए जागिर समेत खोसिनेसम्मको नियम बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट