२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कति छन् सक्रिय संक्रमित ? कस्तो छ पछिल्लो अवस्था ?

२०७८, २० जेष्ठ बिहीबार ०९:२९

जेठ २०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६.२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप दुई हजार ८८७ व्यक्तिको मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ । 

यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२.७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । 

परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।

कोभिड–१९ को पछिल्लो अवस्था

कोरोनाभाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ । 

दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ६७ हजार, भारतमा तीन लाख ३८ हजार, मेक्सिकोमा दुई लाख २८ हजार, पेरुमा एक लाख ८४ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २६ हजार, रसियामा एक लाख २२ हजार, फ्रान्समा एक लाख ९ हजार, कोलम्बियामा ८९ हजारको मृत्यु भएको छ । 

विश्वभर १७ करोड २४ लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएकामध्ये १५ करोड ५० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । संक्रमित व्यक्तिमध्ये करिब ९० हजार व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ । 

विश्वभर करिब एक अर्ब ९८ करोड डोज खोप लगाइएको छ जसमा चीनमा गरिएको खोप अभियान समेटिएको छैन । सिन्ह्वाका अनुसार चीनमा बुधबारसम्ममा ७० करोडभन्दा बढी डोज खोप लगाइएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा