२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा घट्यो कोरोना संक्रमण, दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम

२०७८, २६ जेष्ठ बुधबार १०:४२

जेठ २६, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । 

लामो समयपछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो । 

त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । 

मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित