2026-06-29 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

असार ७, साओ पाओलो (रासस/सिन्ह्वा) । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।  यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको हो ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । यहाँ सन् २०२० फेब्रुअरी २६ बाट  शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात  सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।

हिजो आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएको थियो । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ ।

यो संख्यासँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् ।  ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सक्रङ्मणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ ।

ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।  यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी